एनसीसी बैंक र सोल्टी होटलबीच छुटसम्बन्धी सम्झौता

१३ फाल्गुन २०७८, शुक्रबार १५:०७

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंक लिमिटेडले सोल्टी इन्टरप्राइजेज प्रालिसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सोल्टी होटलमा छुट गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले काठमाडौंस्थित सोल्टी होटल र नेपालगन्जस्थित सोल्टी वेस्टन्ड प्रिमियरमा बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैकिङ्गमार्फत भुक्तानी गर्दा फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यस छुट प्राप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*