शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा बोनस शेयर वितरण
१३ फाल्गुन २०७८, शुक्रबार १२:११
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले यस वर्षको १० दशमलव ९३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले मंसिर २९ गतेको १३औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको ०७७÷७८ को मुनाफाबाट चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६३ हजारको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
बोनससँगै कर प्रयोजनका लागि नगद लाभांश समेत रहेकाले सदस्यहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । फागुन ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनस शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।