दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

१३ फाल्गुन २०७८, शुक्रबार ११:१६

काठमाडौं । दुई कम्पनीले आ–आफ्नो शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडले आ–आफ्नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकले पुष २८ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १३.३० प्रतिशतका दरले बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिन सुरु गरेको हो ।

त्यस्तै, गुडविल फाइनान्सको पुष २९ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको ९.१ प्रतिशतका दरले बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

मितेरी डेभलपमेन्ट बैंकले पुष १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका र गुडविल फाइनान्सले पुष १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर डिम्याट खातामा जम्मा गरिएको र सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*