सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

१३ फाल्गुन २०७८, शुक्रबार १०:५५

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*