शिखर इन्स्योरेन्स कम्पनीको ५२ करोड रुपैयाँको हकप्रद बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

१३ फाल्गुन २०७८, शुक्रबार १०:४५

काठमाडौं । देशकै अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पौने ५३ करोड रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्दैछ । प्रतिकित्ता १०० अंकित शेयरमा यही चैत्र १ गतेबाट आवेदन दर्ता सुरु हुने कम्पनीले आज जारी गरेको सूचनामा जनाइएको छ ।

कूल चुक्ता पुँजिको ३० प्रतिशत अर्थात १००ः३० अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको कम्पनीले यसँगै चुक्ता पुँजि बृद्धि भई दुई अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ ।

शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि गत माघ २१ गते बुक क्लोज गरिसकेको छ । सो आधारमा माघ २० गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै उक्त शेयर खरिद गर्न पाउनेछन् ।

कम्पनीका अनुसार हकप्रदका लागि चैत्र १ गतेदेखि चैत २१ गतेसम्म आवेदन दिन पाउने कम्पनीले आज प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । सोही कम्पनीले हकप्रद जारी सम्बन्धी काम गर्नेछ । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिने आज प्रकाशित सूचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*