राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, कतिको भयो हात खाली ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो ।
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका थिए । जसको कारण आज ग्रोलाप्रथाबाट बाँडफाँड सम्पन्न भएको हो ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् ।
राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।