जीवन विकास लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश दिएपनि शेयरमूल्य भने दिनप्रति दिन घट्दै , यस्तो छ कारण

१२ फाल्गुन २०७८, बिहीबार १३:४५

काठमाडौं । जीवन विकास लघुवित्तले सेयरधनीलाई आकर्षक लाभांश दिएपनि शेयरमूल्य भने दिनप्रति दिन घट्दै गएको छ । लगानीकर्ताले लाभांश लिनुभन्दा पनि बढाएर नाफा बुक गर्न थालेपछि सेयर मूल्य भने बढ्न सकेको छैन।

सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उच्च दरको लाभांश प्रस्ताव गरेको थियो।

लघुवित्तले सबै लघुवित्तलाई उछिनेर लाभांश घोषणा गरे पनि शेयर मूल्य भने नबढेको हो । कम्पनीको शेयर आज दिँउसो बीमापोष्टले सामाचार तयार पार्दासम्ममा ८५ रुपैयाँले घटेको छ। कम्पनीको शेयर आज घटेर प्रतिकित्ता ४९९० रुपैयाँमा कारोबार भएको छ।

यहि मूल्यमा समायोजना हुँदा २०९३ रुपैयाँमा आउने छ। सोही कारण घट्दो बजार भएकोले समायोजनापछि शेयर किन्नका लागि अहिले बिक्री गरिरहेका छन्।

यसरी अहिले बिक्री गरेर २०९३ रुपैयाँमा सेयर किन्दा लाभांश नलिइकनै फाइदा हुने भएकोले लगानीकर्ता त्यसमा केन्द्रित भएको देखिन्छ। कम्पनीले केही महिना अगाडि मात्रै सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो। लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो।

लघुवित्तको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रुपैयाँ, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*