ब्याजदर करिडोर सम्बन्धी कार्यविधि संशोधन, के–के थपिए नयाँ व्यवस्था ?

१२ फाल्गुन २०७८, बिहीबार १२:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकदर, एसएलएफ, निक्षेप दर र रिपो दरमा संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकिककृत निर्देशन जारी गर्दै संशोधन गरेको हो ।राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ७ प्रतिशत कायम गरिएको जानकारी गराएको छ । यसअघि यस्तो दर ५ प्रतिशत रहेको थियो ।

त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरिएको निर्देशनमा उल्लेख छ ।

यसअघि ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ३.५ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*