नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ फाल्गुन २०७८, बिहीबार ११:२६

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । जसको कारण आजसम्म कायम शेयरधीले मात्र लाभाश हकदाबी गर्न पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्दैछ ।

यसले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

यता, नेसनलले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर पनि गर्ने भएको छ । सुनकोशीलाई १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको हो । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने छन् । सभामार्फत एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोन गर्ने प्रस्ताव छ ।

यस्तै, सभामार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुने भएको छ । नेसनलले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने जानकारी गराएको छ । सभा फागुन ३० गते बिहान ११ बजे सुरु हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*