शेयर र घरजग्गा कर्जा सम्बन्धी नियम तत्काल लागू नहुने, राष्ट्र बैंकद्धारा नयाँ निर्देशिका जारी

११ फाल्गुन २०७८, बुधबार २२:१७

काठमाडौं । घरजग्गा र शेयर बजारको कडा नियमन गर्ने नीति सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था तत्काल लागू नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको निर्देशन अनुसार घरजग्गा र शेयर बजार सम्बन्धी नयाँ नीति आगामी आर्थिक वर्षबाटै मात्रै लागू हुने जनाएको छ ।

केन्द्रीय बैंकले जारी गरेको चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा र शेयर धितो तथा व्यक्तिगत ओभरड्राफ्ट कर्जामा कडाई गरेको थियो । तर, राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा शेयरधितो, घरजग्गा तथा व्यक्तिगत ओभरड्राफ्ट कर्जा सम्बन्धी नियम आगामी आर्थिक वर्षदेखि मात्रै लागू गर्ने निर्णय भएको छ । यद्यपि शेयर कर्जा, घरजग्ग र व्यक्तिगत कर्जाको जोखिममा आधारित पुँजिकोषको भार गणना गर्दा त्यस्तो प्रतिशत बृद्धि गरिएको कारण बैंकहरु कर्जा दिन स्वतन्त्र भएपनि कर्जा दिन पुँजिकोषको समस्या पर्ने भएको छ ।

केन्द्रीय बैंकले आज जारी निर्देशन अनुसार १ प्रतिशतभन्दा बढि बैंक वित्तीय संस्थामा शेयर हुनेहरुले अन्य संस्थाको शेयर खरिद गर्नुअघि केन्द्रीय बैंकको अनुमति लिनुपर्ने भएको छ ।

 

ABC-circular-no-10

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*