राष्ट्रिय बीमा संस्थानले अटेर गर्दा महालेखाबाट हामीले गाली खानुपर्छ : अध्यक्ष सिलवाल

११ फाल्गुन २०७८, बुधबार १५:२६

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई पटक पटक पत्र पठाएर उत्तरको प्रतिक्षा गर्दा पनि कुनै प्रतिकृया नदिएको कारण महालेखा परिक्षकबाट समितिले गाली खानुपरेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।

सरकारी स्वामित्वमा रहेको संस्थान केही समय लाग्छ भनेर हामीले पटक पटक पत्र पठाउदा पनि वेवस्ता गर्दा समितिमा प्रशचिन्ह्र उठेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राष्ट्रिय बीमा संस्थानको ५५ औ बार्षिकत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  राष्ट्रिय बीमा संस्थानले अटेर गर्दा महालेखाबाट हामीले गाली खानुपरेको उनले कार्यक्रममा बताए । यथार्थ त तितौ हुन्छ  नी ,बर्षदिनमा एक चोटी प्रांगणमा टेकेको छु । त्यहि पनि बर्षदिनमा अल्झिएका गाँठाहरु फुकाउनु त भन्नुपर्यो, सिलवालले भने ।

लामो समयदेखि वित्तिय विवरण अल्झिरह्दा पनि छुट दिन परेको छ। अन्य पब्लिक कम्पनीहरुलाई हामीलाई नै प्रश्न गर्छ, मिडिया र अन्य क्षेत्रहरुलाई हामीले कतिदिन ढाकछोप गर्ने त ? यहाँ पनि समितिलाई ग्राहो भईरहेको छ।

हामीले राष्ट्रको पुरानो सरकारी स्वामित्वमा रहेको संस्था हो भनेर सधै समर्थन गर्दै आईरहेका छौ । सरकारी लगानी भएको कम्पनी भनेर नियामक निकाय पनि सहयोग गर्न तयार छौ । तर संस्थान नै अगाडि बढ्न चाह्दैन भने हामीले काध नै थाप्न त पक्कै पनि सक्दैन ।
मैले मन्त्रालयमा पनि पटक पटक बीमा समितिलाई नियमन गर्न दिनुस् भनेर भनेको थिए । १० बर्ष पुरानो वित्तिय विवरणको आकाँडा संस्थानसँग छैन । कसरी व्यवस्थाप, तलब भत्ता र अन्य अर्च कसरी गरिरह्नु् भएको छ ।

तपाईहरुले कानुनको पालना गनुभएन भने पक्कै पनि कार्वाहीको भागीदार त हुनै पर्छ । कानुनमा सुविधा र कार्वाही दुबै लेखेको नै छ । मलाई हाम्रो गम्भीरता देखेन जस्तो लाग्छ । कानुनको पालना हाम्रो लागि हैन संस्थानको लागि नै हो । त्यो पाटोहरुलाई हेर्नु जरुरी रहेको उनले कार्यक्रममा बताए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*