गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा ५ प्रतिशत छुट पाइने
११ फाल्गुन २०७८, बुधबार १७:१४
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ई–कमर्स साइट बजेट पसल डटकमसँग छुट सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले सामान खरिदमा ५ प्रतिशत छुट गर्ने सम्बन्धमा साइट बजेट पसलसँग समझदारी गरेको हो ।
सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले बजेट पसल डटकमको अनलाइनबाट ३ हजार रुपैयाँभन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरी गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्डबाट भुक्तानी गर्दा तत्काल ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।