राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव अवसरमा कसले के भने?

११ फाल्गुन २०७८, बुधबार १५:३५

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ . बार्षिकउत्सव कार्यक्रमा बोल्दै संस्थानले आगामी दिनमा अडिटको काममा बाधा नआउने संस्थानले अडिटको काम चाडौ नै सम्पन्न गरेर नयाँ गति दिने प्रतिवद्धता व्यक्त गरेको छ। नेपालको बीमा बजारमा उल्लेखनीय योगदान गरेको संस्थान आजदेखि ५५ औं वर्षमा प्रवेश गरेको हो ।संस्थाले आगामी दिनमा छिटो र छरिटो सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ।

अर्थमन्त्री, जनार्दन शर्मा

नेपालको ग्रामीण क्षेत्रमा बीमाको पहुँच अत्यन्त कमजोर तथा न्यून रहेको अवस्थामा नेपाल सरकारले आम नागरिकसम्म पहुँच पुग्ने गरी बीमा दायरा बिस्तार गर्ने, बीमा दाबी ब्यवस्था सहज र सरल बनाउने, घुम्ती बीमा कार्यक्रम संचालन लगायतका निति लिएको छ । साथै चालू १५ औं योजनाले सुदृढ र बिस्तारित बीमा सेवाबाट उत्थानशील समाज र अर्थतन्त्र निर्माण गर्ने साचेका रहेको छ । आर्थिक वर्ष २०८०।०८१ सम्म जीवन बीमा आबद्ध जनसङ्ख्या ४५ प्रतिशत पुराउने भुमिका संस्थानको हुनेछ ।

बीमा समिति अध्यक्ष, सूर्य प्रसाद सिलवाल

नेपाल सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीका रुपमा कार्य गर्दे आएको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको अवसरमा संचालक, कर्मचारी, अभिकर्ता, बीमितलाई सुभकामना दिए ।
निर्जीवन बीमा ब्यवसायबाट सेवा प्रारस्भ गरेको संस्थानले पछि जीवन एव निर्जीवन दुवै बीमा ब्यवसाय हुदै हाल जीवन बीमा ब्यवसाय मात्र संचालन गरी आम नेपाली जनमानसमा बीमा ब्यवसायलाई चिनाउन सफल भएको छ । साथै संस्थानको स्थापित गराउन एवं तत्कालीन अवस्थामा बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र विकासमा एक उदाहरणीय काम गरेको छ । विश्यब्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारणले नेपाली बीमा ब्यवसाय थला भएको वर्तमान परिस्थितिमा संस्थानले वित्तीय पारदर्शिता र सुशासनको माध्यमद्धारा संस्थान प्रतिको सर्वसाधारणको विश्वास जित्दै छिटोछरितो गुणस्तरीय प्रविधिमैत्री एव उत्कृष्ट ग्राहक सेवा दिन सक्रिय रहेको छ ।

बसन्त राज पाण्डे, कायवाहक अध्यक्ष, राष्ट्रिय बीमा संस्थान

विस २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिका रुपमा स्थापित भइ राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भएपछि राष्ट्रिय बीमा संस्थानका रुपमा परिणत भएको यस संस्थानले आज ५४ वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ ।
निर्जीवन बीमा ब्यवसायबाट सेवा आरम्भ गरेको संस्थाले विस २०२९ सालदेखि जीवन बीमा ब्यवसाय समेत संचालन गरेकोमा एउटै संस्थाले निर्जीवन र जीवन बीमा ब्यवसाय गर्न कानुनी ब्यवस्था भए बमोजिम जीवन बीमाको मात्र ब्यवसाय गर्दै आइरहेको छ । उचित प्रतिफल र जोखिम ब्यवस्थापनको माध्यमबाट छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रिय पुँजीको विकास तथा उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै सविंधानले परिलक्षित गरेको समाजवाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास मार्फत देशको आर्थिक समृद्धि र गरिबी न्यूनकरण गर्ने संस्थाले भुमिका खेल्नेछ ।

कविप्रसाद पाठक, प्रशासक कवि प्रसाद पाठक

राष्ट्रिय बीमा संस्थान ५५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल सरकार, शेयरधनी, नियामक निकाय, बीमित, अभिकर्ता, कर्मचारी लगायतलाई शुभकामना दिए ।
देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको ब्ययभार रोक्ने उद्देश्यले विस २०२४ साल फागुन ७ गतेबाट जीवन बीमा ब्यवसाय कारोबार सुरु गरेको थियो । संस्थानले बीमा ब्यवसायको अवस्थालाई देशभरका आम जनमानसमा स्थापिट भइ वित्तीय स्रोतको परिचालनको माध्यमबाट अर्थतन्त्रको सुदृढीकरण गर्ने सफल भएको छ ।
साथै बीमा सम्बन्धी चेतना अभिवृद्धि गर्न तथा आम नागरिकको पहुँच सहज बनाउन थप सशक्त बनाई मुलुकको संङ्घीय संरचना अनुसार संस्थानको संङ्गठनात्मक पुनसरचना शाखा बिस्तार र अभिकर्ता संजाल निर्माण विशेष छुट दिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*