दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

११ फाल्गुन २०७८, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन नेप्सेमा गिरावट आएको छ । हिजो १७ अकंले बढेको नेप्से आज भने १५.५० अकंले घट्न पुगेको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से घटेर कारोबार समेत खुम्चिदा २ कम्पनीको शेयरमा सर्किट लागेको छ । बुधबार दिव्यशोरी हाइड्रोपावर र यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, घलेम्दी हाइड्रोको ९.२२ प्रतिशत, तेह्रथुम पावरको ८.८४ प्रतिशत, रुरु जलविद्युत प्रयोजनाको ७.४८ प्रतिशत, समलिङ पावरको ६.८४ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.८८ प्रतिशत र मध्यभोटेकोशी जलविद्युतको ५.८५ प्रतिशतले बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*