राष्ट्रिय बीमा संस्थानको बार्षिक साधारणसभा नगरेको जिम्मेवारी कस्ले लिने ?: कर्मचारी संघ

११ फाल्गुन २०७८, बुधबार १३:४२

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा प्रमुख अतिथि मधुकुमार मरासिनी ,बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशकको उपस्थितीमा रहेको थियो ।

लामो समयदेखि बार्षिक साधारणसभा गर्न नसक्दा प्रत्येक बार्षिकउत्सवमा हामीले कहिले पुरानो अडिटको काम सम्पन्न गर्नेछौ भन्ने प्रश्न गर्न मात्र बाध्य छौ । कस्को कारणले रोकिएको हो र कसरी यसलाई निराकरण गर्न सकिन्छ । यसको विकल्प तर्फ जान कर्मचारी संघले संस्थानलाई आग्रह गरेको छ। त्यस्तै, अभिकर्ताहरुको हकहितको लागि पनि संस्थानले ध्यान दिनुपर्ने कुरामा कार्यक्रममा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै युनियन एवं अभिकर्ताहरुले संस्थानमा लामो समयदेखि अल्झिरहेको वित्तीय विवरणहरुको समस्या सुल्झाउन आग्रह गरेका थिए । कर्मचारी एवं अभिकर्ताहरुले लामो समयदेखि पेन्डिङमा रहेको वित्तीय विवरणको कारण विभिन्न सेवाबाट बञ्चित भएको कारण यस समस्यालाई चाडौ निराकरण गर्न आग्रह गरेको छ। संस्थानको बार्षिक साधारणसभा नगरेको जिम्मेवारी कस्ले लिने भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

अर्थ मन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनीले १५ बर्ष अघि संस्थानमा अल्झिएको बिषय नै आज सम्म पनि त्यहि समस्या बनेर बसेको हुँदा यसलाई चाडौ सुल्झाउन सुझाव दिएका छन् ।उनले जहा चुनौती छ त्यहा आफनो अस्तिव देखाउन सकिन्छ । समस्या नै नभएको स्थानमा कसरी आफनो अस्तिव देखाँउने भन्दै लामो इतिहास बोकेको संस्थालाई नडगमगाउन दिन आग्रह गरका छन् ।

लामो समयदेखि बाँकी रहेको लेखापरीक्षणलाई नै टुंग्याउने गरी हामी अगाडि बढेका छौं । बाँकी रहेको साधारणसभा सम्पन्न गर्न हामी चुुस्त रूपमा लागिरहेको राष्ट्रिय बीमा संस्थनका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले कार्यक्रममा बताए ।

राष्ट्रिय बीमा कम्पनी हामीसँग छुट्टिएपछि तथ्यांक पनि यताउता भएको छ । बीमाशुल्क हाम्रोमा छ भने भुक्तानी कम्पनीबाट भएको छ । उता बीमाशुल्क छ भने भुक्तानी हाम्रोबाट भएको छ । यी र यस्ता समस्याका कारण साधारणसभा तथा लेखापरीक्षण सम्पन्न गर्न चुनौती छ । तर, यो आवभित्र लेखापरीक्षण र साधारणसभा सम्पन्न गर्नेगरी हामी अगाडि बढेका छौं ।

लेखापरीक्षण र साधारणसभा हुन सकेन भनेर त्यसमै मात्र केन्द्रित भएका छैनौं । समानान्तर रूपमा व्यवसाय बढाउने गरी पनि अगाडि बढेका छौं । पछिल्लो समय अडिटको कामलाई छिटो र छरिटो रुपमा अघि बढाईरहेका छौ ।त्यस्तै, कर्मचारीलाई प्रोत्साहन हुने र अभिकर्ताको लागि नयाँ नीति ल्याउने तयारी भईरहेको उनले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*