दुई हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति पुग्यो ?
११ फाल्गुन २०७८, बुधबार १२:५४
काठमाडौं । साताको चौथो दिन शेयर बजार खुलेको करिब डेढ घण्टामा दुई हाइड्रोपावर कम्पनीको शेयरमा सर्किट लागेको छ ।
नेप्सेमा कारोबारमा आएका २१९ कम्पनीमध्ये आज दिव्यशोरी हाइड्रोपावर र युनाइटेड इदि मार्दिको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
दिव्यशोरीको १० प्रतिशत अर्थात् ३२ रुपैयाँ ७० पैसाले बृद्धि भएर शेयरमूल्य ३५९ रुपैयाँ ७० पैसा र युनाइटेड इदि मार्दिको १० प्रतिशत अर्थात् ९१.८० रुपैयाँले बृद्धि भएर शेयरमूल्य १०१० रुपैयाँ १० पैसा पुगेको छ ।