पाँचथर पावरको ७८ लाख ८४ हजार संस्थापक शेयर सर्वसाधारणमा परिर्वतन, फागुन २३ देखि नेप्सेमा कारोबार हुने

११ फाल्गुन २०७८, बुधबार १२:३४

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शेयर संरचना परिर्वतन गर्ने भएको छ । कम्पनीले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो ।

कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ७७ लाख कित्ता शेयर तथा आयोजना प्रभावित स्थानिय बासिन्दामा बाँडफाँड भएको १ लाख ७४ हजार ७५० कित्ता र कर्मचारीको लागि बाँडफाँड भएको ९ हजार ५९८ कित्ता गरी कुल ७८ लाख ८४ हजार ३४८ कित्ता शेयर परिर्वतन गर्ने भएको हो ।

कम्पनीले उक्त शेयरहरु फागुन २३ बाट धितोपत्र दोस्र्रो बजारमा सर्वसाधारणमा खरिदबिक्री गर्न सकिने गरी शेयर संरचना परिर्वतन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*