बिओके क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा
११ फाल्गुन २०७८, बुधबार ११:५६
काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले निःशूल्क हितग्राही (डिम्याट) खाता सुविधा ल्याएको छ । क्यापिटलले एक प्रेश विज्ञप्ती निकाल्दै डिम्याट खाता निःशुल्कका साथै अन्य थप सुविधा समते प्रदान गर्ने जनाएको हो ।
बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केट तथा बैंक अफ काठमाण्डू लिमिटेडका शाखा कार्यालय मार्फत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । साथै थप सु्विधामा ब्रोकर खाता, पोर्टफोलियो र निगरानी र साप्ताहित शेयर बुलेटिनमा समेत दिने जनाएको छ ।