राष्ट्रिय बीमा संस्थानद्धारा ५५औं वार्षिकोत्वसको अवसरमा उत्कृष्ट अभिकर्ता सम्मानित

११ फाल्गुन २०७८, बुधबार ११:४५

काठमाडौं । राष्ट्रिय बीमा संस्थान लिमिटेड ५४ औं वर्ष पुरा गरेर ५५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट १० जना अभिकर्तालाई पुरस्कृत तथा सम्मान गरेको छ ।

कम्पनीले मन कुमारी रेग्मी, हरिसरन सिवाकोटी, बद्रि प्रसाद उपाध्याय, शान्ति महर्जन, धर्मराज जोशी, दर्शथ बानिया, बुद्धिप्रसाद रेग्मी, लिला बहादुर श्रेष्ठ, बिरेन्द्र बहादुर शंकर र रमेश कुमार ढुंगेललाई सम्मान र पुरस्कृत गरेको हो ।

२०२४ साल पुष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.का रुपमा स्थापना भई सोही वर्षको फागुन ११ गेतदेखि निर्जीबन बीमा व्यवसाय सुरु गरेको उक्त संस्थान राष्ट्रिय बीमा संस्थान ऐन २०२५ आएपछि २०२५ साल पुष १ गतेदेखि राष्ट्रिय बीमा संस्थानमा परिणत भएको हो ।

यस संस्थानको उद्देश्य देशको आर्थिक विकासमा लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने रहेको छ । नेपालको बीमा बजारमा उल्लेखनीय उपस्थितिका साथ राष्ट्रिय बीमा संस्थान आजदेखि ५५औं वर्षमा प्रवेश गरेको छ ।

प्रारम्भमा निर्जीबन बीमा व्यवसाय संचालन गरेको यस संस्थानले २०२९ साल फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय संचालन गरी जीवन बीमा व्यवसाय संचालन गर्ने पहिलो बीमा सेवा प्रदायक बन्न पुग्यो ।

बीमा शब्दलाई नेपाली जनमानसमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थानले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिम न्यून गरी गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*