ज्योति विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

११ फाल्गुन २०७८, बुधबार १०:५९

काठमाडौं । ज्योति विकास बैंकले बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको पुस २३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले ११ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको गरेको हो ।

धितोपत्र दोस्रो बजारमा फागुन २ गते सूचीकृत गराईसकेको उक्त बोनस शेयर कम्पनीले कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साधारण सभा र लाभांश वितरणका लागि बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका सदस्यहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले त्यस पश्चात शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमशः बोनस शेयर जम्मा गरिने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*