नेशनल माइक्रोफाइनान्स लघुवित्तको संचालक हेरफेर
१० फाल्गुन २०७८, मंगलवार १६:५२
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक हेरफेर भएको छ ।
कम्पनीको संस्थापक समूहको शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका नायब महाप्रबन्धक मनिष तिमिल्सिना परिवर्तन भई उनको सोही बैंकमा हाल सहायक महाप्रबन्धक तहमा कार्यरत क्षितिज खड्कालाई संचालक पदमा नियुक्त गरेको हो ।