चार कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?
१० फाल्गुन २०७८, मंगलवार १५:२४
काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, बुटवल पावर र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो ।
प्रभु बैंकको १२ प्रतिशतका दरले हुन आउने १ करोड ३६ लाख १६ हजार ४८६ कित्ता, ग्लोबल आइएमई बैंकको १० प्रतिशतका दरले २ करोड १६ लाख ३२ हजार ५०३ कित्ता, बुटवल पावरको १० प्रतिशतका दरले २९ लाख ४९ हजार ६६३ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतका दरले ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् भोलिदेखि नै लगानीकर्ताहरुले सो कम्पनीहरुको उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।