बीमा समितिले किवी र ड्रागन फ्रुट्स सम्बन्धी नयाँ बीमालेख जारी गर्ने, बोर्डबाट पारित हुन बाँकि

१० फाल्गुन २०७८, मंगलवार १४:५९

काठमाडौं । बीमा समितिले कृषकहरुले माग गरेसँगै नयाँ बीमालेख जारी गर्ने भएको छ। कृषि बीमामा पछिल्लो समय कृषकहरुले आफूले चाहेजस्तो बीमा पोलिसी नभएको भन्दै गुनासो गर्दै आईरहेको छ। उक्त मागलाई सम्बोधन गर्दै समितिले कृषि बीमालेख जारी गर्न लागेको बीमा समितिले जनाएको छ।

बीमा समितिले केही समयअघि स्थानीयसँग बीमा समिति अभियानबाट उठेका कृषकहरुको मागसँगै नयाँ बीमालेख चाडै ल्याउने तयारी गरिरहेको बीमा समितिले जनाएको छ ।बीमा समितिले किवी खेती र ड्रागन फ्रुट्स (सिउँडी फल)लाई लक्षित गरेर नयाँ किसिमको बीमालेख जारी गर्ने भएको छ । समितिले अन्तिम रुपमा यी दुई बीमालेखलाई अन्तिम रुपमा दिईसकेको र बोर्डबाट स्वीकृत भएपश्चात् कम्पनीले बीमालेख जारी गर्ने तयारी भईरहेको बीमा समितिले जनाएको छ।

पछिल्लो समय किसानहरूले नेपालमा राम्रो व्यवसाय गरेसँगै यसको क्षती वहन गर्न बीमा आवश्यक भएको कारण बीमालेख जाररी गर्न माग गर्दै आईरहेका थिए । कृषकहरुको मागको सुनुवाई गर्दै बीमा समितिले दुई बीमा योजना ल्याउने तयारी गरिहरेको जनाएको छ।

समितिले किवी सम्बन्धी बीमालेखको लागि तयारी अन्तिम चरणमा पुगेको र केही दिन भित्रै सो बीमालेख गर्ने तयारी गरिरहेको जनाएको छ ।
बीमा समितिले कृषि बीमाको माग र आवश्यकता अनुसार बीमालेखको मोडेल तयार गर्छ भने सोही अनुसार बीमा कम्पनीले पनि आफ्ना प्रोडक्ट बनाउने तथा बीमितलाई सहभागी गराई व्यवसायमा संलग्न गराई बीमाको दायरा बढाउने काम गर्छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*