कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

१० फाल्गुन २०७८, मंगलवार १३:३४

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा फागुन २० गते बस्नेगरी आह्वान गरेको हो । उक्त सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका (बुकक्लोज) माघ २८ गतेदेखि फागुन २० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार माघ २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*