एनएमबि बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१० फाल्गुन २०७८, मंगलवार ११:२५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक शेयर समूह तर्फको १ लाख ४७ हजार ९३७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी मान बहादुर फागुनले ५० हजार ९३७ कित्ता र दयाराम भट्राईले ९७ हजार कित्ता शेयर बिक्रका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले (फागुन १० गते) ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाइ बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*