नेष्डो लघुवित्तको ८ लाख बढी कित्ता आइपीओ भोलिदेखि निष्काशन हुँदै, कति दिने आवेदन ?

१० फाल्गुन २०७८, मंगलवार १०:५८

काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) भोलि (फागुन ११ गते)देखि निष्काशन तथा बिक्री खुल्ला हुँदैछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सो मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । यसअघिका आइपीओहरुमा तोकिएभन्दा अत्यधिक गुणा ओभरसब्स्क्राइब भएको हुँदा नेष्डो लघुवित्तको आइपीओमा पनि आवेदकले १० कित्ता सम्म अप्लाई गर्दा उचित हुनेछ ।

संस्थाको आइपिओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र मागबमोजिम आवेदन नपरेको खण्डमा निष्काशन अवधि फागुन २५ गते सम्म लम्बिनेछ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*