दुई कम्पनीको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

१० फाल्गुन २०७८, मंगलवार १०:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश आफ्ना शेयरधनीहरुको सम्बन्धित खातामा जम्मा गरिदिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पुष १७ गते सम्पन्न भएको ३५औं वार्षिक साधारण सभाबाट पारित भएको १२.६११ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

बैंकले पुष ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिदिएको र सो पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः जम्मा गरिदिने बैंकले जनाएको छ ।

साथै बैंकले लाभांश जारी गर्दा ऋणात्मक लाभांश हुने (बैंकलाई रकम बुझाउन बाँकी रहेको) शेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरेपश्चात मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुने जनाएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीले पनि आफ्नो पुष २६ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट पारित भएको प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अपडेट नगराएका शेयरधनीहरुलाई बैंक खाता अपडेट गराई उक्त नगद लाभांश प्राप्त गर्न कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*