पास्नीको अवसरमा हजुरबुवाले दिए नातिलाई सूर्या लाइफको बीमा पोलिसी उपहार

९ फाल्गुन २०७८, सोमबार २२:३५

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढिरहेको छ । जन्मउत्सव, विवाह, पास्नी र पर्व जस्ता विभिन्न अवसरहरुमा विभिन्न जीवन बीमा कम्पनीहरुको जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच नवलपरासी सुनवल ४ का तेज ठाडा मगरले आफ्नो नातीको पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनले सो अवसरमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका हुन् ।

छोरी पुनम गुरुङ र ज्वाई गोविन गुरुङका छोरा प्रनिश गुरुङको पास्नीमा मावली हजुरबुबाले उक्त कम्पनीको भैरहवा शाखाबाट उपहार स्वरुप बीमा गराई पोलिसी उपहार दिएका हुन् ।

विभिन्न पर्व उत्सवमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी हुने भएकोले नातीको भविष्य सुनिश्चित गर्न पास्नीको अवसरमा १० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको ठाडाले बताए ।

सूर्या संरक्षित बाल (सावधिक) जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुबैको जोखिम कभरेज हुने, बीमा समाप्तिमा बीमाङ्क र बोनस रकम प्राप्त हुने भएकोले भोलिको उज्ज्वल भविष्यको लागि तेज ठाडा मगरले सूर्या संरक्षित बाल जीवन बीमा खरिद गरेको कम्पनीको भैरहवा शाखाका शाखा प्रबन्धक बिर सिं महराले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*