२५ अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली छाउँदा करिब ३ अर्बको मात्रै कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ९४ प्रतिशतले बढेसँगै कारोबार पनि घटेको छ ।
आइतबार ३९ अंकले घटेको शेयरबजारमा ४ अर्बमाथिको कारोबार हुँदा आज २५ अंकले शेयर बजार बढेतापनि कारोबार रकम करिब ३ अर्बमा खुम्चिन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावर समूहको ७२.३९ रुपैयाँले आज बढ्न पुगेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको ६६.२८ रुपैयाँले बढेको छ ।