नेको इन्स्योरेन्सको सहकार्यमा एनआइसी एशिया बैंकले गर्यो १० लाखको घातक रोग बीमा रकम भुक्तानी

९ फाल्गुन २०७८, सोमबार १०:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ‘एनआइसी एशिया बैंक लिमिटेड’ ले आफ्नो बचत खातामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध सो रकम बराबरको घातक रोग बीमा एकजना खातावालालाई भुक्तानी गरेको हो ।

बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत’ योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलका भिमसेनगोला, काठमाडौं निवासी श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम बराबरको चेक बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुनु । खातावाला पन्तलाई नेको इन्स्योरेन्ससँगैको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

बैंकको यस बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७ सय जना भन्दा बढी ग्राहकहरुले बीमा वापत ४ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति  २१ लाख रुपैयाँ सम्मको गरी कुल  ८४ लाख रुपैयाँ सम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ ।

साथै, यस निक्षेप योजना अनुसार ग्राहक महानुभावहरूले प्राप्त गर्ने ३ बीमा सम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*