इमर्जिङ नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल
९ फाल्गुन २०७८, सोमबार १०:१७
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरि बाँडफाँड समापन गरेको इमर्जिङ नेपाल लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कम्पनीले शेयर रजिष्ट्रारमा पनि एनआइसी एशिया क्यापिटललाई नै नियुक्त गरेको हो । सो पश्चात कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य अब एनआइसी एशिया क्यापिटलले गर्नेछ ।
कम्पनीले क्यापिटललाई आजको मितिदेखि लागू हुनेगरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।