प्रोगेसिभ फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

९ फाल्गुन २०७८, सोमबार १०:०९

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजी ८० करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा फागुन ८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधराण सभाबाट पारित भएपछि बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*