पोखरामा भिषण असिनाको बर्षा, सडकमै तीन फिट माथिसम्म जम्यो असिना, यातायात अबरुद्ध

८ फाल्गुन २०७८, आईतवार १६:०२

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा आज भिषण असिना वर्षा भएको छ । अत्याधिक मात्रामा परेको असिनापानीका कारण सर्वसधारणहरु घरभित्रै थुनिएका छन् ।

पोखराको सडकमा तीन फिटसम्म असिना जमेका कारण सडकहरु समेत अबरुद्ध हुन पुगेको छ । स्थानीयबासीले पोखरामा यति धेरै असिना पानी परेको कहिल्यै नदेखेको बताइरहेका छन् ।

अत्याधिक असिना पानीका कारण केही सवारी साधनमा समेत क्षति भएकोले बीमा दावी पर्ने अनुमान गरिएकोे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*