गुराँस लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

८ फाल्गुन २०७८, आईतवार १५:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गँुरास लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

गुराँस लाइफको ५.५००४ प्रतिशतका दरले १० लाख ८६ हजार ६५४ कित्ता, बंगलादेश बैंकको १२ प्रतिशतका दरले १ करोड ८ लाख ५ हजार ७८५ कित्ता, लक्ष्मी बैंकको ८ प्रतिशतका दरले ८५ लाख ५६ हजार ५५१ कित्ता र सनराइज बैंकको ६.६५ प्रतिशतका दरले ६३ लाख ९ हजार ४८३ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

सूचीकृत पश्चात सो कम्पनीहरुको उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*