३९ अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

८ फाल्गुन २०७८, आईतवार १५:२३

काठमाडौं । आइतबार नेप्सेमा राताम्य छाएको छ । साताको पहिलो दिन ३९.४० अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा सिमित भएको छ ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा नारायणी डेभलपमेण्ट बैंकले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.७४ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनाइटेड इन्स्योरेन्सको ४.६३ प्रतिशत, रुरु जलविद्युत प्रयोजनाको ४.२३ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ४.०३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ३.८६ प्रतिशत, मिथिला लघुवित्तको ३.८२ प्रतिशत र नेरुडे लघुवित्त विकास बैंकको ३.७६ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*