युनाइटेड इदि मार्दीको शेयरमा सर्किट, अन्य क–कसले आज सर्वाधिक कमाए ?
८ फाल्गुन २०७८, आईतवार १५:१३
काठमाडौं । साताको पहिलो दिन शेयर बजार राताम्य भएको छ । आज नेप्से ३९.४० अकंले घट्न पुगेको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आइतबार नेप्से राताम्य भइ कारोबार ४ अर्बमा सिमित हुदाँ एक कम्पनीको शेयरमा सर्किट लागेको हो । आज युनाइटेड आइडिआइ मार्दी आरबि हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, तेह्रथुम पावरको ८.६४ प्रतिशत, समलिङ पावरको ६.५५ प्रतिशत, नेपाल फाइनान्सको ४.१८ प्रतिशत, जीवन विकास लघुवित्तको ३.४९ प्रतिशत, नेपाल दुरसञ्जाल कम्पनीको १.८५ प्रतिशत र नबिल इक्वाटी फण्डको १.८४ प्रतिशतले वृद्धि भएको हो ।