मन्जुश्री फाइनान्सको संचालकमा सुमन प्रसाद अधिकारी नियुक्त
८ फाल्गुन २०७८, आईतवार १३:४४
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संचालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् ।
यसअघि सोही पदमा रहेका रविन राज देवकोटाले आफ्नो घरायसी कामकाजका कारण देखाइ संचालक पदबाट राजीनामा दिएकोमा उक्त रिक्त रहेको पदमा कम्पनीको संचालक समितिको फागुन ६ गते बसेको बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।