एक्सेल डेभलपमेण्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
८ फाल्गुन २०७८, आईतवार १३:००
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी शेखरराज बस्ताकोटीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान सस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ८ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।