धितोपत्र बोर्डका नवनियुक्त हमालले सम्हाले कार्यभार, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता

८ फाल्गुन २०७८, आईतवार १२:३३

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आज आफनो कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेका हमालले आइतबार पदभार ग्रहण गरेका हुन् ।

यसअघि भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि करिब ५ महिना धितोपत्र बोर्ड अध्यक्षबिहिन भएको थियो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा गत साता सिफारिस गरेको थियो ।

कार्यभार सम्हाल्दै उनले साना लगानीकर्ताको हितमा गर्ने बताएका छन् । उनले पूँजी बजारलाइ बलियो बनाउने गरी काम गर्ने समेत बताएका छन् ।नेपाल सरकारको गत बिहिबार बसेको मन्त्री परिषद् बैठकले हमाललाई बाँकि अवधिको लागि अध्यक्ष नियुक्त गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*