जानकी फाइनान्सको स्थगित साधारण सभा फागुन २२ गते बस्ने, १५% लाभांश पारित मुख्य एजेण्डा

८ फाल्गुन २०७८, आईतवार ११:२९

काठमाडौं । गणपुरक संख्या नपग्दा स्थगित भएको जानकी फाइनान्सको २५ औं वार्षिक साधारण सभा फागुन २२ गते बस्ने भएको छ ।

कम्पनीले यसअघि फागुन ७ गते होटल मानकी इन्टरनेशनल प्रा.लि. शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएकोमा सभा गणपुरक संख्या नपुग्दा स्थगित भएको थियो ।

कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले उक्त स्थगित सभा फागुन २२ गते गायत्री कुञ्ज अतिथी सदन जानकी चौक जनकपुरधाममा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र नाफा नोक्साल लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन ६ गते एक दिनको लागि बुक क्लोज गरेको हुदाँँ पुस ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभाश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*