१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा भोलि (फागुन ७ गते) बस्दैछ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र नाफा नोक्साल लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन ६ गते एक दिनको लागि बुक क्लोज गरेको हुदा फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभाश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।