आईसिएफसि फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

६ फाल्गुन २०७८, शुक्रबार ११:११

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक समूह तर्फको २ लाख ३ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई खरिदका लागि सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री खुल्ला गरेको हो ।

यो शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी फागुन १३ गतेसमम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*