ग्रामीण विकास लघुवित्तको सातौं साधारण सभा फागुन २८ गते, बुक क्लोज कहिले ?

६ फाल्गुन २०७८, शुक्रबार ११:०६

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

उक्त सभाले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय पनि सभाको प्रस्ताव कार्यसूचिमा रहेका छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*