एमएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

६ फाल्गुन २०७८, शुक्रबार १०:०३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले नायब उच्च व्यवस्थापन अन्तर्गत नायब महाप्रबन्धक र सहायक महाप्रबन्धकमा एक–एक जना, व्यवस्थापन श्रेणीअन्तर्गत वरिष्ठ प्रबन्धकमा १जना र अधिकृत श्रेणिअन्तर्गत बरिष्ठ अधिकृत र कानून अधिकृतमा १–१ जना गरी कुल ५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि स्नातक तह देखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*