नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

६ फाल्गुन २०७८, शुक्रबार ०६:१५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा प्रस्तावित बोनस सेयर कार्यान्वयन गर्न एवंम भविष्यमा सम्भावित पूँजी सम्बन्धी आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा(८)र नियमावली को नियम(४)मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिने उल्लेख छ ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन २२ गते एक दिनका लागि बुक क्लोजको निर्णय गरेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*