धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
५ फाल्गुन २०७८, बिहीबार १७:११
काठमाडौं। चार महिनाअघि देखि नेतृत्वविहिन नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।
बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो।
इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट लगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ। धनगढी स्थायी घर भइ अहिले ललितपुरको भैंसेपाटी बस्दै आएका हमालले सन् १९८९ मा भारतको जम्सेदपुरबाट इन्जिनियरिङमा स्नातक गरेका हुन्।