नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्कमा सामान्य सुधार, अन्य सूचक कस्तो ?

५ फाल्गुन २०७८, बिहीबार १६:३६

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद बीमा शुल्कमा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ९.१३ प्रतिशतले बढेर ४३ करोड ५५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ९० लाख ८५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यसै अवधिसम्ममा कम्पनीको खुद नाफा भने सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १.१३ प्रतिशतले बढाएर १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

साथै कम्पनीको बीमा कोषको आकार ३०.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ४७ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६१ करोड ९८ लाख ५६ हजार रुपैयाँ संचित गर्ने सफल भएको छ । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोषको आकार पनि १६.१३ प्रतिशतले बढेर ४५ करोड ३२ लाख ३२ हजार रुपैयाँ संचित भएको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले जगेडा कोषमा ३९ करोड २ लाख ६५ हजार रुपैयाँ संचित गरेको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड ८४ लाख ८० हजार रुपैयाँ खुद दावी भूक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा खुद दाबी भूक्तानी २४.६६ प्रतिशतले बढाएर ९ करोड ७८ लाख ३२ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कम्पनीको ब्यवस्थापन खर्च २६.२९ प्रतिशतले बढेर १४ करोड ११ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको लगानी, कर्जा अन्यबाट प्राप्त आय २५.३७ प्रतिशत गिरावट आएको छ । गत वर्ष अवधिमा ८ करोड २० लाख ६५ हजार रुपैयाँमा रहेको यस्तो आय चालु आर्थिक वर्षमा ५ करोड ७५ लाख ६५ हजार रुपैयाँ मात्र रहेको थियो । व्यस्थापन खर्चमा बृद्धि र आयमा गिरावट आएसँगै कम्पनीको खुद नाफामा सामान्य सुधार मात्रै आएको हो ।

साथै यस अवधिमा कम्पनीको कुल बीमा शूल्क आम्दानी २२.२५ प्रतिशतले बढेर ७८ करोड ६५ लाख ११ हजार रुपैयाँ पुगेको छ । बीमा शूल्कमा सुधार आएसँगै कम्पनीको जारी बीमा पोलिसी संख्या १७.४१ प्रतिशतले बढेर ८९ हजार ८८५ पुगेको छ ।

हाल कम्पनीको चूक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३८ पैसा रहेको छ । साथै कम्पनीको पिई अनुपात ५२ रुपैयाँ ७१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*