एशियन लाइफको कैलाली शाखाद्धारा बीमितको परिवारलाई २० लाख २७ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

५ फाल्गुन २०७८, बिहीबार १५:५८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की, कैलाली शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ का बीमित जमान सिंह देउवाकी श्रीमती लक्ष्मी ठकुरीलाई बीमा दाबी वापतको २० लाख २७ हजार ८६३ रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमित देउवाको गत वैशाख २३ गते कोभिड–१९ को कारणले मृत्यु भएको थियो । उनले २०७७ साल पुष २९ गते २० लाख बीमाङ्कको जीवन बीमा गराएका थिए । वार्षिक किस्ता १ लाख ३४ हजार ८८९ रुपैयाँका दरले वार्षिक १ किस्ता रकम मात्रै उनले जम्मा गरेका थिए ।

कम्पनीद्धारा फागुन ५ गते आयोजित एक कार्यक्रममा लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले बोनस सहित गरी २० लाख २७ हजार ८६३ रुपैयाँ बराबरको चेक मृतक बीमितकी श्रीमति ठकुरीलाई हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*