आज सर्वाधिक कमाउनेमा तेह्रथुप पावर, अन्य क–कसले कमाए ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अकंले घटेको छ । हिजो १९ अकंले घटेको नेप्से आज पनि सामान्य अकंले घटेको हो ।
पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ४० करोड १७ लाख ४२९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ ।
नेप्से सामान्य अकंले घट्दा कारोबार भने २ अर्बमा खुम्चिएको छ । बिहिबार सर्वाधिक कमाउने कम्पनीमा तेह्रथुम पावर रहेको छ । कम्पनीको शेयर आज ६.४७ प्रतिशतले बढेको हो ।
त्यस्तै, यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको ६.३२ प्रतिशत, समलिङ पावरको ४.१३ प्रतिशत, जीवन विकास लघुवित्तको ३.५३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.४७ प्रतिशत, सिटिजन म्युचुअल फण्डको २.४४ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंकको २.४२ प्रतिशत र मध्य भोटेकोशी जलविद्युतको २.२० प्रतिशतले बढेको हो ।