जीवन विकास लघुवित्तसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

५ फाल्गुन २०७८, बिहीबार १५:१७

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घट्न पुगेको छ ।

नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनमा ३ अर्बमाथिको कारोबार हुँदा आज कारोबार २ अर्बमा झरेको छ ।

यस साता ३ अर्बभन्दा माथिको कारोबार भएकोमा आज कारोबार समेत ह्वात्तै घट्न पुगेको छ । २ अर्बमा कारोबार खुम्चिँदा आज सर्वाधिक जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज १६९ रुपैयाँले बढेसँगै २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १२ करोड २० लाख, एनटिसीको १० करोड २ लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड र नेशनल हाइड्रोपावरको ७ करोड ४८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*